गृहपृष्ठ Featured कांग्रेसको केन्द्रिय सदस्यमा कपिलवस्तुका युवा नेता शाहद्धारा उमेद्धवारी घोषणा

कांग्रेसको केन्द्रिय सदस्यमा कपिलवस्तुका युवा नेता शाहद्धारा उमेद्धवारी घोषणा

अशोक पौडेल
कपिलवस्तुका प्रभावशाली युवा नेता अभिशेक प्रताप शाहले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उमेद्धवारी घोषणा गरेका छन । कपिलवस्तु क्षेत्र नः ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका शाह कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा निकट नेता हुन ।

लगातार ३ पटक सांसद पद जितेका शाह दशकौबाट सक्रिय राजनिति र सामाजिक सेवामा निरन्तर लाग्दै आएका छन । शाहको उमेद्धवारीसगैँ कपिलवस्तुका नेता तथा कार्यकर्तामा उत्साह समेत छाएको छ । शाह देशभर युवामाझ लोकप्रिय रहनुका साथै निडर र प्रष्ट बक्ताका रुपमा समेत परिचित रहेका छन ।

पार्टीभत्र युवालाई अवसर दिन अहिलेको आवश्कता रहेको बताउदैँ शाहले आफुले अत्याधिक मत ल्याएर चुनाव जित्ने समेत बिश्वास उनले गरेका छन ।

सम्बन्धित् समाचार