गृहपृष्ठ Featured बाणगंगाका एक युवा राष्ट्रिय स्तरको युथ एथलेटिक्स च्याम्पियनसिपमा रजत पदक हात पार्न सफल

बाणगंगाका एक युवा राष्ट्रिय स्तरको युथ एथलेटिक्स च्याम्पियनसिपमा रजत पदक हात पार्न सफल

कपिलवस्तु : कपिलवस्तुको बाणगंगाका एक युवा खेलाडीले राष्ट्रिय स्तरको युथ एथलेटिक्स च्याम्पियनसिपमा रजत पदक हात पार्न सफल भएका छन् ।

काठमाण्डौँको दशरथ रंगलाशामा सोमबार भएको च्यम्पियनसिपमा पहिलो दिन १४ स्वर्णको छिनोफानो भएको थियो ।

सो प्रतियोगितामा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ पडेरियाका अजय पाण्डे ३ हजार मिटर दौड यु–२० ब्वाइजमा ९ मिनेट ४० सेकेण्डमा पुरा गर्दै दोस्रो भए । उनलाई जुम्लाका प्रकाश कठायतले पछि पारे । यस्तै एक सेकेण्डे पछि परेका ललितपुरका महेश सिदलीले कास्य जिते ।
बाणगंगाका अजय यस अघि कपिलवस्तुको भलवाड देखि अर्घाखाँचीको सूपादेउराली सम्मको झण्डै ४५ किलोमिटर दौड ३ घण्टामा पुरा गरेका थिए ।

सम्बन्धित् समाचार