काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनलाई सामान्य रुघाखोकी लागेको छ। अस्वस्थ भएपछि अध्यक्ष ओली घरमै आराम गरिरहेका छन्।
बिहीबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो।
ओलीका प्रेस संयोजक रामशरण बजगाईँले अध्यक्षलाई सामान्य रुघाखोकी लागेकाले सार्वजनिक कार्यक्रममा सहभागी नहुने जानकारी दिए।








