गृहपृष्ठ Featured महान फुटबल खेलाडी पेले अस्पताल भर्ना

महान फुटबल खेलाडी पेले अस्पताल भर्ना

महान फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् । पेटको ट्युमरको उपचार जारी राख्न उनी अस्पताल फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए । चिकित्सकहरुले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए । ब्राजिलको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा बिरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ ।

सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई ूहरेक दिन राम्रोू भइरहेको महसुस गरिरहेको बताएका थिए । चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए ।

तीन पटकको विश्वकप विजेता उनी सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन् । उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन् ।

गत वर्ष पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण ूएक प्रकारको डिप्रेसनू सँग लडिरहेको बताएका थिए ।

पेलेले २१ वर्षको व्यावसायिक करियरमा १,३६३ खेलमा १,२८१ गोलको विश्व रेकर्ड बनाएका छन् । उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए र ७७ अन्तर्राष्ट्रिय स्तरमा गोल गरेका थिए ।

सम्बन्धित् समाचार