गृहपृष्ठ Featured हेडको शतकमा इंग्ल्यान्डविरूद्ध अस्ट्रेलियाको अग्रता

हेडको शतकमा इंग्ल्यान्डविरूद्ध अस्ट्रेलियाको अग्रता

प्रकाशित मिति:

काठमाडौं : एसेज शृंखलाअन्तर्गत दोस्रो दिनको खेल सकिँदा घरेलु टिम अस्ट्रेलियाले १९६ रनको अग्रता लिएको छ।दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलिया पहिलो इनिङ्ग्समा ७ विकेट गुमाएर ३४३ रनको अवस्थामा छ।

अस्ट्रेलियाका लागि त्रविस हेडले ११२ रनको योगदान दिएका छन्। त्यसअघि डेभिड वार्नरले ९४ रन र मार्नस लबुसेनले ७४ रन जोडेका थिए।

हेड ११२ रनमा नटआउट रहदा उनलाई मिचेल स्टार्कले १० रन बनाएर साथ दिइरहेका छन्। बलिङमा इंग्ल्यान्डका ओली रोबिन्सनले ३ विकेट लिएका छन्।

त्यसअघि पहिलो इनिङ्ग्समा इंग्ल्यान्ड १४७ रनमै अलआउट भएको थियो। इंग्ल्यान्डका लागि जोस बटलरले ३९ रन र ओली पोपले ३५ रनको योगदान गरेका थिए।

बलिङमा अस्ट्रेलियाका पास कमिङ्ग्सले ५ विकेट लिँदा स्टार्क र जोश हजलउडले २(२ विकेट लिए। क्यामरन ग्रिनको नाममा १ विकेट रह्यो।

सम्बन्धित् समाचार