गृहपृष्ठ Featured महोत्तरीमा बुहारीको कुटाइबाट सासुको मृत्यु

महोत्तरीमा बुहारीको कुटाइबाट सासुको मृत्यु

महोत्तरी : महोत्तरीमा बुहारीको कुटाइबाट सासुको मृत्यु भएको छ । मटिहानी नगरपालिका ७ निवासी विन्देश्वर खत्वेको श्रीमती ६० वर्षीया जगतारण देवीको उनकै कान्छा छोरा उमेश खत्वेको श्रीमती ३७ वर्षीया तेतरी देवी खत्वेको कुटाइबाट ज्यान गएको हो ।

बुहारीले सासुलाई लट्ठीले कुट्दा शरिरका विभिन्न भागसँगै टाउकोमा समेत गम्भीर चोट लाग्दा उनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले बुहारीलाई नियन्त्रणमा लिइएको बताए ।

उनले मृत्युको खास कारण अहिले नखुलेकाले पोष्टमार्टम रिपोर्ट आएपछिमात्र केहि भन्न सकिने जानकारी दिए । मृतकको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ।

सम्बन्धित् समाचार