गृहपृष्ठ Featured प्रधानमन्त्री देउवाले भने- ‘आउँदो सरकार कांग्रेसको हुन्छ, मलाई जिताउनुस्’

प्रधानमन्त्री देउवाले भने- ‘आउँदो सरकार कांग्रेसको हुन्छ, मलाई जिताउनुस्’

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई जिताउन आह्वान गरेका छन्। उनले चुनावपछि फेरि कांग्रेसको सरकार बन्ने दाबी गर्दै आफूलाई जिताउन आह्वान गरेका हुन्।

‘जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिका दिन कस्तो थियो- डर त्रास। म प्रधानमन्त्री भएको भोलिपल्ट सबैले मुक्ति पाएको महसुस गरे। सबै मान्छेले ओलीको शासनबाट मुक्ति पाए,’उनले भने।

उनले अगाडि थपे, ‘अब त्यो मुक्ति बचाउने हो कि नबचाउने होरु त्यो महाधिवेशनले तय गर्छ। डरत्रासबाट मुक्त समाज निर्माण गर्नुछ। तानाशाही सरकार नआओस् भन्नका लागि महाधिवेशनले निर्णय गर्नुपर्छ। आउँदो सरकार कांग्रेसको हुन्छ गाउँदेखि माथिसम्म त्यो मेरो जिम्मा भयो।’

उनले मनमुटाव नराख्न सबैमा आग्रह गरे।

सम्बन्धित् समाचार