गृहपृष्ठ Featured कांग्रेस १४ औँ महाधिवेशन : भृकुटीमण्डपमा बन्दसत्र सुरू, पौडेल समूह छुट्टै छलफलमा

कांग्रेस १४ औँ महाधिवेशन : भृकुटीमण्डपमा बन्दसत्र सुरू, पौडेल समूह छुट्टै छलफलमा

प्रकाशित मिति:

काठमाडौँ : कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरू भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा भर्खरै बन्द सत्र सुरू भएको हो । शुक्रबार राति करिब ९ बजे सुरु बन्द सत्रमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरू सहभागी छन् ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू भने आफ्नो पक्षको उम्मेदवारी छनौटका लागि छुट्टै छलफलमा भएकाले धेरै जसो नेताहरू बन्दसत्रमा सहभागी भएका छैनन् ।

बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिको नीति तथा अनुसन्धान विभागको प्रतिवेदन, महामन्त्रीको सांगठनिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित् समाचार