वैखरी अनलाइन
नेपाली कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका शाहले मधेसीतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेछन् ।
कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका शाह युवाहरूका बीच लोकप्रिय मानिन्छन् । सानै उमेरमा नेता शाह कपिलवस्तुबाट निरन्तर तीन पटक प्रतिनिधि सभामा सांसद पदमा निर्वाचित भएका छन् ।
उनी देउवा निकट नेता मानिन्छन । कपिलवस्तुबाट केन्द्रिय सदस्यको लिस्टमा पर्ने उनी एक मात्र उमेद्धवार रहेका छन ।








