नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुस ६ गते मंगलबार कपिलवस्तु आउने भएका छन् ।
कृष्णनगर नगारपालिका वडा नं. ८ बहादुरगंजमा कपिलवस्तुका नेता मंगल गुप्ता एमाले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले ओली आउन लागेका जिल्ला अध्यक्ष झबिलाल पोखरेलले बताए ।
उनका अनुसार मंगलगुप्ता सांगै दर्जनौ कार्याकर्ता एमाले पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । ओलीले आमसभामा सम्बोधन गर्ने कार्याक्रम समेत रहेको उहाँले बताउनु भयो ।








