काठमाडौं : १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ।निर्वाचन समितिले आज अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। निर्वाचन समितिले आज १२स् ३० बजेसम्म मनोनयन फिर्ता लिने समय निर्धारण गरे पनि केही समय थप गरिएको थियो। त्यसपछि फिर्ता भएसँगै नामावली सार्वजनिक गरेको हो।
निर्वाचन समितिले सार्वजनिक गरे अनुसार सभापति पदमा पाँच जनाको उम्मेदवारी परेको छ। नेताहरू शेरबहादुर देउवा, कल्याण गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाले उम्मेदवारी दिएका छन्। सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानले उम्मेदवारी फिर्ता लिएका छन्।
केन्द्रीय उपसभापतिको दुई सिटको लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यसै गरी केन्द्रीय महामन्त्रीको दुई वटा पदमा ६ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै १२१ केन्द्रीय सदस्य पदको लागि ५४८ जनाले मनोनय दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ।








