वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा ८ का डाक्टर दिपक खरेलको मृत्यु नभई हत्या भएको परिवारले बताएको छ । कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत बर्ष २८ का दिपक खरेल कात्तिक २० गते सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । डाक्टर खरेलसगै वडा नः ८ कै बिवेक पौडेल पनिसगैँ मोटसाइकलमा टिक्करतर्फ गएका थिए ।
छोराको मृत्युपछि अहिले खरेल परिवार शोकमा डुवेको छ । उनका बाबु र आमाले यो दुर्घटना नभई योजनाबद्ध रुपमा गरिएको हत्या भन्दै सत्यतत्य छानबिनको माग समेत गरेका छन ।
परिवार स्रोतका अनुसार भेटीएका आशंकाका आधारहरु
१) मोबाइल ट्रेकिकमा बुद्धभुमीको टिक्करतिर जानुपर्ने कुनै आधार नभटीएको ।
२) सवारी दुर्घटनाबाट मृत्यु भनीनु तर सवार मोटरसाइकल स्टेण्ड लगाएर राखीनु ।
३) खरेलको मृत्यु हुने र अर्का बसेका पौडेल र मोटरसाइकलमा सामान्य क्षती ।
४) टाउको पछाडी बोधिलो बस्तुले हानेको जस्तो देखिनु ।
जिल्लाको बुद्धभूमि टिक्करमा मोटरसाइकल दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए ।
घाइते भएपछि बुटवलमा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । टाउको र घाँटीमा चोट लागेको उनलाई बुटवलबाट काठमाडौंको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो । आर्थिक स्थिति कमजोर भएका कारण उनलाई तीन दिनअघि ट्रमा सेन्टरमा रिफर गरिएको हो । ट्रमा सेन्टरमा उनको न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरेको थियो । हालै मात्र डा. खरेलको सबै उपचार निःशुल्क गर्न सरकारले निर्देशन दिएको थियो ।
यसैबिच जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज अत्याधिक मदिरा सेवन गरी सवारी चलाएको कसुरमा पौडेललाई मुद्धा चलाएको छ । खरेलका बुवा जिवलाल खरेल र बिष्णुमाया खरेलले छोराको मृत्युको सत्यतथ्य छानबिन गरेर न्याय दिलाउन माग गरेका छन ।