गृहपृष्ठ Featured दाङ जीप दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो

दाङ जीप दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो

प्रकाशित मिति:

दाङ: तुल्सीपुरबाट सल्यान कपुरकोटतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ। थप उपचारका लागि नेपालगन्ज रिफर कपुरकोट गाउँपालिका ३ निवासी ५२ बर्षका चन्द्र बहादुर खड्काको हिजो राति ८ बजे मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो।

दुर्घटनामा परी परेर कपुरकोट ३ बस्ने ४८ बर्षिय प्रेम प्रकाश शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ति र लालमती खड्काको मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ४ जना उपचारपछि घर फर्किएको र ११ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ।

तुलसीपुरबाट सल्यानको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिक आईतवार अपरान्ह साढे चार बजे दुर्घटना भएको थियो।

सवारी चालक चालक तुलसीपुर ३ का ३२ वर्षीय हेमराज खत्रीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।

सम्बन्धित् समाचार