गृहपृष्ठ Featured ए डिभिजन लिग : पाँचौदेखि नवौं चरणसम्मको खेल तालिका सार्वजनिक

ए डिभिजन लिग : पाँचौदेखि नवौं चरणसम्मको खेल तालिका सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौदेखि नवौ चरणसम्मको खेलतालिका सार्वजनिक गरेको छ ।

एन्फाले सोमबार सार्वजनिक गरेको खेलतालिका अनुसार तीन खेल पोखरा रंगशालमा हुनेछ । ३२ खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै हुनेछ ।

मनाङ मर्स्याङ्दी क्लबले खेल्ने पाँचौं, सातौं र आठौं चरणको खेल पोखरामा हुनेछ ।

मनाङले पाँचौं चरणमा नेपाल पुलिस क्लबसंग पुष ३ गते खेल्नेछ । यस्तै सातौं चरणमा ब्रिगेड ब्वाईजसंग पुष १७ र च्यासल युथ क्लबसंग पुष २४ मा पोखरामा हुनेछ।

मनाङ र मछिन्द्र फुटबल क्लबीच छैटौ चरणको खेल भने दशरथ रंगशालामै हुनेछ। मछिन्द्र र मनाङले ४ खेलबाट समान १० अंक जोडेका छन् । गोल अन्तरमा मछिन्द्र अघि छ ।

सम्बन्धित् समाचार