नेपाली काँग्रेसको सभापति पदमा विजयी हासिल गर्न २३४० मत ल्याउनु पर्ने भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सभापतिका पदको मतगणना सुरु भएको छ ।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । मतगणनामा सभापतिका कुनैपनि उम्मेदवारले २३४० भन्दा कम मत ल्याएमा शीर्ष मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
कुल ४ हजार ७४३ प्रतिनिधि भएको काँग्रेसमा ४ हजार ६७९ मत खसेको निर्वाचन समितिले जनाएको छ । काँग्रेस सभापतिको उम्मेदवारमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् ।
काँग्रेस सभापति जित्न २३४० मत आवश्यक
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा कांग्रेसको ‘जरा अभियान’ सुरु
३ दिन अघि








