काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिका उम्मेदवारको मतगणना आज हुने भएको छ। मतगणनाका लागि प्रतिनिधिलाई बोलाइएको छ।
पार्टी कार्यालय सानेपामा मतगणनाको तयारी थालिएको छ। उपसभापतिको मतगणनापछि महामन्त्रीको गणना हुने निर्वाचन समितिले जनाएको छ।
प्रतिनिधिहरु आइसकेपछि तत्काल गणना सुरु हुने निर्वाचन समितिका जगन्नाथ श्रेष्ठले बताए। सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।








