गृहपृष्ठ Featured उकालो लाग्यो सुनचाँदीको मूल्य

उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाण्डौ : सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आज १२ सय ३५ रुपैयाँमा पुगेको छ ।

सम्बन्धित् समाचार