काठमाडौं : नेपालमा थप १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १८४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार २३० जनाको पिसिआर परीक्षण र ३७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ५ हजार ५२६ जना सक्रिय संक्रमित छन्। २६७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।
काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२, ललितपुरमा २० र भक्तपुरमा ५ संक्रमित छन्।