वैखरी अनलाईन : हिमालयन बैंक लि.कावासोती शाखाले न्युन आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । बैंकले स्थानीय श्री शिव नमुना मा.बि. मा अध्ययनरत न्युन आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरेको जनाएको छ । बैंकका अनुसार उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरिएको हो ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहका बीच बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए ।