गृहपृष्ठ Featured प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापतिमा निर्वाचित भएका देउवालाई भेटेर उनले सफल कार्यकालको शुभकामना दिएको बताइएको छ ।

देउवा सभापतिमा निर्वाचित भएलगत्तै टेलिफोनमार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएका हुन् ।

आजको भेटमा राजदूतहरूको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

सम्बन्धित् समाचार