चितवन : पूर्व–पश्चिम महेनद्रराजमार्गको भरतपुर गोन्द्राङ बसन्तचोकमा शुक्रबार मध्याह्न ट्रकको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । बालकको मृत्युपछि आक्रोशित स्थानीयले सडक अवरूद्ध गरेका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार बा ३ ख १३०६ नम्बरको बालुवा बोकेको ट्रकले मध्याह्न सवा १२ बजे बालकलाई ठक्कर दिएको थियो ।
बालकको मृत्यु भएपछि स्थानीयले राजमार्गमा गाडी चल्न दिएका छैनन् । बाटो खुलाउने प्रयास सुरू भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकरीले बताए ।








