गृहपृष्ठ Featured नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप १४ लाख ५७ हजार मात्रा आउँदै

नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप १४ लाख ५७ हजार मात्रा आउँदै

काठमाडौं : नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप १४ लाख ५७ हजार मात्रा आउँदैछ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत खोप उपलब्ध गराएको हो । २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो खेप आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार पहिलो खेपमा ७ लाख १९ हजार ६५० डोज खोप नेपाल आइसकेको छ।

यसअघि अमेरिकाले कोभ्याक्समार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । यो खोप एक मात्रा लगाए पुग्छ ।

सम्बन्धित् समाचार