गृहपृष्ठ Featured गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षा दिन गृहमन्त्री खाणको निर्देशन

गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षा दिन गृहमन्त्री खाणको निर्देशन

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले देश विकासको अभियानमा संलग्न गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको उनले प्रष्ट पारेका छन्। गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरुमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको उनको भनाइ थियो। गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै उनले गैरसरकारी संस्थाहरुको मागअनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए।

‘तपाईहरु गैरसरकारी संस्थामार्फत् लाखौं नेपाली दिदीबहिनीहरु, दाजुभाईहरु देश विकासको अभियानमा हुनुहुन्छ। त्यसकारणले तपाईहरुको कठिनाईलाई ध्यानमा राखेर सरकारले हस्तक्षेपकारी भूमिका होईन, नियन्त्रणकारी भूमिका होईन, गैरसरकारी संस्थाका सन्दर्भमा वा अन्य उद्योगी, व्यवसायी संस्था र कम्पनीहरुका लागि पनि सरकारले सहयोगी भूमिका निर्वाह गर्नेछ,’ गृहमन्त्री खाणले भने, ‘आवश्यक प¥यो भने जिल्ला सुरक्षा निकायले तपाईहरुलाई सुरक्षा प्रदान गर्नेछ। म यसै मञ्चबाट गृह मन्त्रालय मातहतका सुरक्षा निकायहरुलाई, प्रशासनलाई निर्देशन दिन चाहन्छु–गैरसरकारी संस्थाहरुलाई आवश्यक परेको सहयोग, विधिसम्मत सहयोग र सुरक्षा तत्काल उहाँहरुको मागअनुसार पूरा गर्नुहोस।’

सम्बन्धित् समाचार