गृहपृष्ठ Featured एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदै : सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने

एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदै : सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने

कपिलवस्तु : नेकपा एमाले कपिलवस्तुले आयोजना गर्ने जिल्लास्तरीय जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउने हुनु भएको छ।

पुस ६ गते जिल्लाको पश्चिमक्षेत्रमा आयोजना हुने जनसभामा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमाले कपिलवस्तुले जनाएको छ ।

जिल्लाको पश्चिम क्षेत्रका पुराना लोकप्रिय नेता मंगलप्रसाद गुप्ता सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रममा अध्यक्ष ओली आउने भएपछि पालिका तहमा व्यापक तयारी गरिएको एमाले कपिलवस्तुले जनाएको छ ।

सो कार्यक्रमको तयारीका लागि नेकपा एमाले कपिलवस्तु, नगर कमिटी, गाउँ कमिटीका बैठकहरु संचालन भएका छन् ।
नेकपा एमाले वाणगंगा नगर कमिटी सचिवालयको बैठक बनगाईमा बसेको छ ।

वैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले नेकपा एमालेमा आउनेको लहर चलेको बताउनु भयो । उहाँले ६ गते बहादुरगञ्जमा हुने विशाल जनसभामा पूर्वप्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओली आउने खबरले कपिलवस्तुमा एमालेभित्र ऊर्जा थपिएको बताउनु भयो ।

सम्बन्धित् समाचार