गृहपृष्ठ Featured बालबालिकालाई लक्षित गर्दै कपिलवस्तुका विद्यालयमा कोरोना विरुद्धको खोप लगाउने तयारी

बालबालिकालाई लक्षित गर्दै कपिलवस्तुका विद्यालयमा कोरोना विरुद्धको खोप लगाउने तयारी

जानु पाण्डे (कपिलवस्तु) : बालबालिकालाई लक्षित गर्दै कपिलवस्तुका विद्यालयमा कोभिड १९ विरुद्धको मोडर्ना खोप लगाइने भएको छ । विद्यालयमा जाने र समुदायमा रहेको १२ देखी १८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी खोप लगाउन स्वास्थ्य कार्यालय कपिलवस्तुले तयारी पुरा गरेको छ ।

कार्यालयले सबै बालबालिकालाई खोप लगाउनको लागी पालिकाका शिक्षा र स्वास्थ्य शाखाका प्रमुख सँग सूक्ष्म योजनानिर्माण भएको छ । पुस ५ गते देखि जिल्लाका सबै पालिकामा एकै पटक खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताउनु भयो । २०६१ साल मंसिर देखी २०६६ साल मंसिर भित्र जन्मिएका बालबालिकाहरुलाई खोप लगाउन सकिने पाण्डेले बताउनु भयो ।

कक्षा ६ देखि माथि सञ्चालन भएका हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने छ । विद्यालय पढ्दै गरेका र विद्यालय छाडेका सबैलाई खोपको दायरामा ल्याउने शिवराज नगरपालिकाका उपसचिव लोकराज पन्थीले बताउनु भयो । उक्त खोप २८ दिनको फरकमा २ पटक लगाइने विश्व स्वास्थ्य सङ्गठनका कन्सलट्यान्ट मुकुन्द रेग्मीले बताउनु भयो ।

रेग्मीले खोपको विषयमा सरोकारवालालाई सहजीकरण समेत गर्नु भएको थियो । जिल्ला भरको लागि पहिलो मात्राको लागि ८० हजार डोज खोप स्वास्थ्य कार्यालयलाई प्राप्त हुने स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश चन्द्र घिमिरेले बताउनु भयो ।

सम्बन्धित् समाचार