गृहपृष्ठ Featured विद्युत खपत बढाउन ऊर्जामन्त्री भुसालको अपिल

विद्युत खपत बढाउन ऊर्जामन्त्री भुसालको अपिल

प्रकाशित मिति:

३ पुस, काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छिन् । मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरिन् ।

शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पु¥याउन पनि सबै क्षेत्रलाई आग्रह गरिन ।

मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको पनि बताइन् । उनले सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताइन् ।

सम्बन्धित् समाचार