गृहपृष्ठ Featured विराटनगरमा उपचार गराउन आएका विरामीलाई ठग्ने विचौलियाको विगबिगी

विराटनगरमा उपचार गराउन आएका विरामीलाई ठग्ने विचौलियाको विगबिगी

विराटनगर : विराटनगरमा उपचार गराउन आएका विरामीलाई ठग्ने विचौलियाहरुको विगबिगी अझै निरुत्साहित हुन सकेको छैन। अस्पताल र औषधी पसलले दिने कमिसनका लागि उपचार गराउन आउने सोझा विरामी ठग्नेहरुलाई मोरङ प्रहरीले पक्राउ गरी कारबाही गर्न थालेपनि यस्ता ठगहरुको बिगबिगी निरुत्साहित हुन सकेको छैन। राम्रो डाक्टर छ उपचार राम्रो हुन्छ, औषधी सस्तो पाईन्छ भन्दै आफनो सम्पर्कको अस्पताल र फार्मेसीमा लगेर ठगी गर्ने बिचौलियाहरु अझै सक्रिय छन्।

उपचार गराउन आएका विरामी र आफन्तलाई ठगी गरेको आरोपमा प्रहरीले पछिल्लो पटक २९ मंसिरमा विराटनगर महानगरपालिका–७ बाट विराटनगर–१९ का ४६ बर्षिय विनोद राय, बिराटनगर–५ का ६० वर्षिय रामा सुनुवार, ४५ वर्षिय दिलीप साह र बिराटनगर–१२ का ३९ वर्षिय शिव कुमार कामतलाई पक्राउ गरेको छ। मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार पक्राउ परेका विचौलियाहरु सबैलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गराइएको छ। यस अघि चालु बर्षमा मोरङ प्रहरीले पटकपटक गरेर १७ बिचौलियालाई पक्राउ गरेर कानुनी कार्वाही गराइसकेको छ।

विराटनगरका नीजि अस्पतालहरुले एम्बुलेन्स, अटोरिक्सा चालक, विभिन्न हेल्थकेयर सेन्टर, उपचार क्लिनिक र औषधी पसलमा काम गर्ने बिचौलियाहरुलाई कमिसन दिएर बिरामी उपचारको बहानामा महंगो शुल्क असुल्ने गरेका छन्।

सम्बन्धित् समाचार