गृहपृष्ठ Featured संसद्को अवरोध र एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

संसद्को अवरोध र एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्मा जारी अवरोध एमसीसीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । बैठकमा एमसीसीलाई संसद्मा लैजाने विषयमा छलफल हुने एक मन्त्रीले बताएका छन् ।

संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसद्मा दर्ता भएर बसेको छ । उक्त सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन ।

सर्वदलीय बैठकमा संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ ।

सम्बन्धित् समाचार