गृहपृष्ठ Featured माओवादी सशस्त्र द्धन्दमा बेपत्ता पारिएका कपिलवस्तुका १६ परिवारलाई २० बर्षपछि प्रमाण पत्र

माओवादी सशस्त्र द्धन्दमा बेपत्ता पारिएका कपिलवस्तुका १६ परिवारलाई २० बर्षपछि प्रमाण पत्र

कपिलवस्तु : माओवादी सशस्त्र द्धन्दमा बेपत्ता पारिएका ब्यक्तिको परिवारलाई २० बर्ष पछि प्रमाण प्रदान गरिएको छ । बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले कपिलवस्तुको तौलिहवामा बेपत्ता पारिएका ब्यक्तिको परिवारलाई प्रमाण पत्र प्रदान गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता डाक्टर गंगाधर अधिकारीको अगुवाईमा आएको टोलीले बेपत्ता पारिएका १६ परिवारलाई प्रमाण पत्र प्रदान गरेको छ ।

२०५८ माघ १२ गते कपिलवस्तुको बाणगंगा नगरपालिका– ५ कोपवाको मधौली स्थित आफ्नै घरबाट बेपत्ता पारिएका तुल्सीरामा भुसालको परिवारले आज शनिवार बेपत्ता पारिएको प्रमाण पत्र पाएका छन् । भुसालका कान्छा छोरा प्रकाश, छोरी गोमा, नातिहरु लक्ष्मण र रामचन्द्र तथा नातिनि संगीताले बेपत्ता परिवारको एकै साथ प्रमाण पत्र पाएका हुन् । २० बर्ष पछिको लामो पर्खाई र प्रयास पछि बेपत्ताको प्रमाण पत्र पाउदा मनमा बल्ल मनमा संतोष लागेको प्रकाश भुसालले बताए । काठमाण्डौ शान्ति समिति, प्रशासन कार्यालयमा धेरै चक्कर काटेपछि बल्लतल्ल अहिले प्रमाण पत्र पाएको उनले बताए । यस्तै बाणगंगा नगरपालिका– ३ बाट बेपत्ता पारिएका कृष्ण कुमालकी आमाले पनि २० बर्षपछि प्रमाण पत्र पाएको आमा ईन्दीरा कुमालले बताईन् ।

२०५२ साल फागुन १ देखि २०६३ मंसिर ५ गते सम्म माओबादी सशस्त्र द्धन्दकालमा कपिलवस्तुबाट २४ जना बेपत्ता भएको उजुरी आएको आयोगका प्रबक्ता अधिकारीले बताए । माओबादी सशस्त्र द्धन्द्धकालमा नेपालमा ३ हजार २५९ बेपत्ता भएको उजुरी आएको छ । जसमध्ये ७ प्रदेशमा सबैभन्दा बढी ७ सय २२ जना लुम्बिनी प्रदेशका रहेका छन् ।

लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही र कपिलवस्तुमा अयोगले प्रमाण पत्र बाडि सेकेको प्रवत्ता अधिकारीले बताए ।

सम्बन्धित् समाचार