गृहपृष्ठ Featured सत्तासाझेदार गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्तासाझेदार गठबन्धनको बैठक बालुवाटारमा सुरु

प्रकाशित मिति:

काठमाडौं : सत्तासाझेदार गठबन्धनका दलहरूको बैठक सुरु भएको छ । पाँचदलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो। सर्वदलीय बैठक बस्नुअघि सत्तागठबन्धनका दलहरूको बैठक बसेको हो।

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मा सहमति खोज्न प्रधानमन्त्रीले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।

आज ४ बजेका लागि बोलाइएको बैठकमा विपक्षी दल एमालेबाट लगातार अवरुद्ध संसद् खोल्ने र एमसिसीबारे साझा धारणा बनाउने एजेन्डा छन्। त्यसअघि गठबन्धनमा यी विषयहरूमा छलफल गर्न लागिएको हो।

सम्बन्धित् समाचार