गृहपृष्ठ Featured राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको बिदाइ

राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको बिदाइ

काठमाडौं : बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता खेल्न जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको बिदाइ गरिएको छ।

ढाकामा पुस ६ देखि १४ सम्म हुने प्रतियोगिताका लागि दुवै टोली सोमबार दिउँसो १२:१५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्।

दुवै टोलीलाई आइतबार नेपाल भलिबल संघका कार्यबाहक अध्यक्ष यम गुरुङ, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, र उपाध्यक्ष निरोज मास्केलगायतले बिदाइ गरे।

मन्त्री गहतराजले दुवै टोलीलाई बिदाइ गर्दै सम्पूर्ण समस्या भुलेर उच्च मनोबलका साथ जितेर आउन शुभकामना दिए।

ढाकामा हुने प्रतियोगितामा महिलातर्फ नेपालसहित आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान सहभागी हुनेछन्।

यसअघि महिला टोलिले बंगलादेशमा नै भएको सेन्ट्रल जोनको पहिलो संस्करणमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएर ऐतिहासिक स्वर्ण पदक जितेको थियो।

यस्तै, पुरुषतर्फ नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले सहभागिता जनाउने छन्। नेपालमै भएको एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपाली टोली समूह चरणबाटै बाहिरिएको थियो।

राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित् समाचार