गृहपृष्ठ Featured सर्वदलीय बैठक शुरु

सर्वदलीय बैठक शुरु

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि अब सर्वदलीय बैठक शुरु गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकअघि बालुवाटारमा एमसीसीका विषयमा सत्ता गठबन्धनमा छलफल भएको हो ।

सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नजाने बताइसकेको छ ।

अब बैठकमा एमालेबाहेक प्रतिनिधिसभामा रहेका अरु दलका नेताहरु सहभागी हुनेछन् ।

सम्बन्धित् समाचार