काठमाडौं : प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा एमसीसीको विषयलाई लिएर विवाद भएको छ। एमसीसीका विषयमा सत्ता गठबन्धका दलहरुबीचमै असहमति भएपछि आइतबारको सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो।
बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राखेका थिए। उनको प्रस्तावमा माओवादी केन्द्र र नेकपा एसकाका नेताहरुले विरोध जनाएका थिए। यसअघि बसेको सत्तारुढ पाँच दलको बैठकले पनि गठबन्धनका दलबीच सहमति भएपछि मात्रै एमसीसी संसदमा पेस गर्ने समझदारी गरेको थियो।
यसैबीच सर्वदली बैठकले नेकपा एमालेलाई सम्वादमा आउनु आह्वान गरेको छ। बैठकले संसद अवरोध नगरी निकासको वातावरण सिर्जना गर्न एमालेलाई आग्रह गरेको हो। आजको बैठकमा एमालेले सहभागिता जनाएको थिएन।