गृहपृष्ठ Featured फिलिपिन्समा शक्तिशाली आँधी : मृत्यु हुनेको संख्या २०८ पुग्यो

फिलिपिन्समा शक्तिशाली आँधी : मृत्यु हुनेको संख्या २०८ पुग्यो

फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ। राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन्।

राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ। आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन्। आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्ण रुपमा क्षति गरेको रेडक्रसले जनाएको छ।

‘आँधीले अस्पताल, विद्यालय, सामुदायिक भवन ध्वस्त भएका छन्,’ रेडक्रसका अध्यक्ष रिचर्ड गोर्डनले भने। प्रभावित क्षेत्रमा आँधीका कारण घरका छाना भत्किनुका साथै रुख तथा पोलहरु ढलेका छन्।

आँधी प्रभावित क्षेत्रमा खानेपानी र विद्युत अवरोध भएको छ।

सम्बन्धित् समाचार