गृहपृष्ठ Featured पश्चिम नवलपरासीमा एकैदिन २४ फरार अभियुक्त पक्राउ

पश्चिम नवलपरासीमा एकैदिन २४ फरार अभियुक्त पक्राउ

प्रकाशित मिति:

परासी : जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एकै दिनमा २४ जना फरार अभियुक्त पक्राउ गरेको छ । यति धेरै संख्यामा फरार अभियुक्त एकै दिन पक्राउ गरेको यो पहिलो पटक हो ।

पक्राउ परेकाहरुमा लागूऔषध मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका २ जना, कुटपिट मुद्दाका १७ जना, चोरी मुद्दाका २ जना, जाल साझी मुद्दाका १ जना र १ जना सार्वजनिक अपराध मुद्दाका रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले बताए ।

प्रहरीले फरार अभियुक्तको खोजी कार्यलाई मिसन नै बनाएर खोजी सुरु गरेको छ ।

पक्राउ पर्नेमा २१ वर्षदेखि फरार प्रतिवादी रहेका छन् । पक्राउ परेका सबैलाई जिल्ला अदालत पेश गरेर आवश्यक कारबाहीको लागि पेश गरिएको छ । सिमावर्ती नाकाको जिल्ला भएकाले अपराध गरेर भारततर्फ भाग्ने गर्दछन् ।

फरार प्रतिवादीको निगरानी बढाएर प्रहरीले पक्राउ गर्ने गरेको छ ।

सम्बन्धित् समाचार