गृहपृष्ठ Featured ओलीलाई कांग्रेस सांसद शाहले कपिलवस्तुमा अभिनन्दन गर्ने

ओलीलाई कांग्रेस सांसद शाहले कपिलवस्तुमा अभिनन्दन गर्ने

कपिलवस्तु : कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गरेका छन् ।

आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लागेका प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्ने भएका हुन् । आफ्नो निर्वाचन क्षेत्र तथा कर्म भूमि बहादुरगंजमा ओलीको स्वागत तथा अभिनन्दन गगर्ने उनले बताएका छन् ।

शाहले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि कपिलवस्तु आउँदा आफ्नै निवासमा स्वागत गरेका थिए ।

सम्बन्धित् समाचार