गृहपृष्ठ Featured एमाले अवरोधबीच प्रतिनिधि सभाबाट ४ अध्यादेश स्वीकृत

एमाले अवरोधबीच प्रतिनिधि सभाबाट ४ अध्यादेश स्वीकृत

काठमाडौं : प्रमुख प्रतिपक्ष एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत भएको छ। गृहमन्त्रीको तर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबारको बैठकमा पेस गरेका चार अध्यादेश स्वीकृत भएको हो।

बैठक सुरु हुनासाथ एमाले सांसदहरुले विरोध थाले पनि सभामुख अग्निप्रसाद सापकोटाले सदनको कामकारबाही अगाडि बढाएका थिए।

त्यसक्रममा चारवटा अध्यादेश पेस भइ स्वीकृत भएका हुन्। ‘नेपाल प्रहरी र प्रदेश प्रहरी९कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन०,२०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन)अध्यादेश, २०७८’, ‘समाजिक सुरक्षा (पहिलो संशोधन)अध्यादेश, २०७८’ र ‘रेवले अध्यादेश,२०७८’ स्वीकृत भएको हो।

बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमतबाट अस्विकार भएको थियो।

प्रतिनिधि सभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित गरिएको छ।

सम्बन्धित् समाचार