गृहपृष्ठ Featured पंजाबको लुधियाना अदालतमा बम विष्फोट : दुईको मृत्यु

पंजाबको लुधियाना अदालतमा बम विष्फोट : दुईको मृत्यु

पंजाबको लुधियाना अदालत परिसरमा बम विष्फोट भएको छ। विष्फोटमा परि दुईजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन्। विष्फोट पछि त्यहाँ मानिसको भागदौड मच्चिएको छ।

विष्फोटबारे केही खुल्न नसकेको भारतीय मिडियाले जनाएका छन्। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । प्राप्त जानकारी अनुसार अदालतको प्रतिलिपि शाखामा विष्फोट भएको हो । वकिलको हडताल चलिरहेकाले अदालतमा खासै भीडभाड थिएन।

घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित् समाचार