गृहपृष्ठ Featured अफ्रिकी देश मेडागास्करको तटीय क्षेत्रमा पानीजहाज दुर्घटना : ८५ जनाको मृत्यु

अफ्रिकी देश मेडागास्करको तटीय क्षेत्रमा पानीजहाज दुर्घटना : ८५ जनाको मृत्यु

अफ्रिकी देश मेडागास्करको तटीय क्षेत्रमा पानीजहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ। यहाँका अधिकारीहरूले बिहीबार २१ शव निकालेपछि मृतकको संख्या ८५ पुगेको बताएका छन्। सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुंगा ९पानीजहाज०मा एक सय ३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन्। मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन्।

यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना–इभोंगोकोतर्फ लगभग सय किलोमिटर ९६० माइल० दक्षिणतर्फ प्रस्थान गर्दै थियो।

नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा ‘प्राविधिक समस्या’ भएको देखाएको छ। –रासस/एएफपी

सम्बन्धित् समाचार