गृहपृष्ठ Featured शिक्षा सुधार गर्न लुम्बिनीका मुख्यमन्त्रीलाई १७ बुँदे ज्ञापनपत्र

शिक्षा सुधार गर्न लुम्बिनीका मुख्यमन्त्रीलाई १७ बुँदे ज्ञापनपत्र

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई कोरोना भाइरस को महामारीमा शिक्षा अधिकार सुनिश्चितताका निमित्त शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल लुम्बिनी प्रदेश समिति, शिक्षा पत्रकार समूह, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति कपिलवस्तु र रुपन्देहीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ ।

बुधवार मुख्यमन्त्री कार्यालया संयुक्त टोलीले १७ बुँदे ज्ञपान पत्र बुझाएको हो । सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि विश्वव्यापी अभियानको नेपाल च्याप्टरको रूपमा सन् २००३ मा शिक्षा अभियन्ताहरूले गठन गरेको शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल (एनसिई–नेपाल) शिक्षा क्षेत्रमा काम गर्ने नागरिक समाजका संगठनहरूको सुपरिचित सञ्जाले ज्ञापन पत्र बुझाएको हो ।

सम्बन्धित् समाचार