काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सकिएको छ। राति ८स्०५ वजे मतदान सकिएको हो।
जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा भएको मतदानमा १८८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना एकरडेढ घण्टा पछि शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ।
बुधवार नै निर्वाचन हुने तय भएपनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षबीच भएको झडप पछि मतदान स्थगित गरिएको थियो। देउवा समूहबाट कृष्ण प्रसाद यादव सभापति पदका लागि प्रतिस्पर्धामा छन्।