गृहपृष्ठ Featured बाराबाट स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

बाराबाट स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

बारा, पुस ८ : प्रहरीले बाराबाट स्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित भारत बिहार पूर्वी चम्पारण आधारपुरका २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा रन्देशलाई १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।

सम्बन्धित् समाचार