वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंले यहीँ १२ गतेबाट सञ्चालन गर्न लागेको १२ औँ कपिलवस्तु महोत्सव सफल पार्न सरोकारवालासगं छलफल गरेको छ । सघंको आफनै भवन चार नः जितपुरमा महोत्सव सफल पार्न सघंले यस क्षेत्रका बिभिन्न महात्वपुर्ण सघं सस्थाका प्रमुख तथा प्रतिनिधिसगं छलफल गरेको हो ।
१२ औ कपिलवस्तु महोत्सवलाई एतिहासिक र नयापन दिलाउँन यसपालीको महोत्वमा गरीने कृयाकलापका बारेमा महोत्सवमा निर्देशक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले प्रकास पारेका थिए । रेश्मीले महोत्सव सफल पार्न बिभिन्न जनजातीको परम्परागत भेषभुषा तथा सस्कृति झल्काउने कृयाकलाप, उत्कृष्ट सेल्फी जोन, दशौँ कपिलवस्तु डान्स आइडल, नेपालकै सबैभन्दा ठुलो स्टेज, बिभिन्न धार्मिक कृयाकलाप गरीने बताए ।
त्यस्तै महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले महोत्सवलाई सफल पार्न आग्रह गरेका छन । सो अवसरमा सिद्धार्थ नगर बजार बिकास समितिका अध्यक्ष बिष्णु थापा, बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणँ, शसस्त्र प्रहरी बल पिपराका प्रमुख, नागरिक समाज कपिलवस्तुका अध्यक्ष डोलक बहादुर पछाई, बाणगंगा बहुमुखी क्याम्पस लौगाईका प्रार्चाय कुलराज पौडेल लगायतले बोल्दै महोत्सव समग्र कपिलवस्तु बासीको उत्सव भएको बताउदैँ सबै मिलेर महोत्सव सफल पार्न लागी पर्न आग्रह गर्दै प्रतिबद्धता जनाएको सघंका महासचिव मनोज पौडेलले बताए । महोत्सव यहीँ माघ १२ गतेबाट २३ गतेसम्म बाणगंगाको बुद्ध रगंशालामा आयोजना हुदै छ ।।