गृहपृष्ठ Featured जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको घुइँचो

जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको घुइँचो

प्रकाशित मिति:

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको घुइँचो लागेको छ। कुल पूजामा आएका सर्वसाधरणहरूले सोही मौका छोपी नागरिकतालगायत अन्य सेवा लिन आउने गरेका कारण सेवाग्राहीको घुइँचो लागेको हो।

गत बिहीबार मात्रै १५१ जना र गत शुक्रबार करिब १०० जनाले नयाँ नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी पुण्यविकम पौडेलले जानकारी दिए।

सोमबार ७३ जनाको नयाँ नागरिकता र ४३ जनाको प्रतिलिपि जारी गरिएको थियो। मंगलबार ८३ जनाको नयाँ र २९ जनाको प्रतिलिपि, बुधबार ११३ जनाको नयाँ र ३९ प्रतिलिपि नागरिकता जारी गरिएको प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए।

सोही संख्यामा नै राष्ट्रिय परिचयपत्रका लागि पनि विवरण दर्ता गरिएको कम्प्युटर अपरेटर सुनिता कँडेलले जानकारी दिइन्।

सेवाग्राहीको चाप बढी भएका कारण बिहान ७ बजेदेखि कर्मचारी खटिई सेवा प्रवाह गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।

यो महिना कुलपूजा अर्थात् देवाली मनाउन गुल्मी जिल्ला घर भई शहर बजारमा बसोबास गर्ने र यो मौकालाई छोपी नागरिकता बनाउने भएकाले पनि प्रशासनमा सेवा ग्राहीको चाप बढेको प्रजिअ पौडेलले बताए।

सम्बन्धित् समाचार