गृहपृष्ठ Featured एसएसपी यादवको नवलपरासीमा अन्त्येष्टि, १५ वर्षीय छोराले दिए दागबत्ती

एसएसपी यादवको नवलपरासीमा अन्त्येष्टि, १५ वर्षीय छोराले दिए दागबत्ती

प्रकाशित मिति:

१० पुष, भैरहवा । संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील कुमार यादवको नवलपरासीमा शवयात्रासहित अन्त्येष्टि गरिएको छ। नवलपरासीको त्रिवेणीधाम घाटमा शवलाई यादवका १५ वर्षीय छोराले दागबत्ती दिएको स्थानीय शिवशंकर उपाध्ययले बताए।

शनिबार नवलपरासी रामग्राम नगरपालिका-५ स्थित घरबाट शवयात्रा गरी उनको शवलाई त्रिवेणीधामको घाटसम्म पुर्‍याइएको थियो। शव यात्रामा प्रहरीका उच्च अधिकारीहरु सहित आफन्त, नगरवासी लगायतको सहभागिता रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताए।

घाटमा प्रहरीद्वारा उनको शवलाई शोक सलामी दिइएको थियो। शुक्रवार दिउँसो कार्यालयको क्वाटरमा एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

सम्बन्धित् समाचार