गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा भलवाडमा क्षेत्रगत उपसमिति गठन : संयोजकमा थारु चयन

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा भलवाडमा क्षेत्रगत उपसमिति गठन : संयोजकमा थारु चयन

वैखरी अनलाईन : कपिलवस्तु उद्योग बाणिज्य संघले बाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा क्षेत्रगत उपसमिति गठन गरेको छ । जसको संयोजकमा लक्ष्मी थारु र सचिवमा राधिका टण्डन चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा देव बहादुर सिरिस, सिता पाण्डे, दिपक पौडेल, हेमराज आचार्य, गिता भण्डारी, गौरी शंकर थारु र ज्योति गुप्ता रहनुभएको छ ।

सो अवसारमा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, वरिष्ठ उपाध्यक्ष छविलाल रेस्मी मगर, उपाध्यक्ष ईन्द्रिरा तिमल्सिना, विरेन्द्र खाँण, कोषाध्यक्ष विनोद पन्त लगायतको सहभागिता रहेको कृष्ण प्रसाद पाण्डेले जानकारी दिए । सो अवसरमा बोल्दै वडाध्यक्ष धुब्र बेल्वासेले कपिलवस्तु उद्योग बाणिज्य संघले व्यवसायीहरुको हकहितलाई मध्येनजर गर्दै विभिन्न समयमा काम गर्दै आईरहेको बताए ।

यस्तै उनले यस क्षेत्रमा औधोगिकग्राम बन्ने र जसमा उद्योग बाणिज्य संघको महत्वपूर्ण योगदान रहेको वडाध्यक्ष बेल्वासेको भनाई छ ।

सम्बन्धित् समाचार