गृहपृष्ठ Featured सेन्ट्रल जोन पुरुष भलिबल : नेपाल श्रीलंकासंग ३-१ को सेटमा पराजित

सेन्ट्रल जोन पुरुष भलिबल : नेपाल श्रीलंकासंग ३-१ को सेटमा पराजित

१० पुस, काठमाडौं । बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो हार बेहोरेको छ । ढाकामा शनिबार भएको खेलमा नेपाल श्रीलंकासंग ३-१ को सेटमा पराजित भयो ।

श्रीलंकाले नेपाललाई २५-१८, २२-२५, २५-१६, २५-१५ को सेटमा पराजित गरेको हो । श्रीलंकाको यो दोस्रो जित हो । दुई खेल जितेका श्रीलंका र आयोजक बंगलादेशले ६ अंक जोडेको छ भने नेपालले ३ खेलबाट ३ अंक मात्र जोडेको छ ।

प्रतियोगितामा नेपालले आइतबार लिग चरणको अन्तिम खेलमा माल्दिभ्ससंग खेल्नेछ । ५ देश सहभागी प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

सम्बन्धित् समाचार