गृहपृष्ठ Featured सेभ दी चिल्ड्रेनका २ कर्मचारी सम्पर्कबिहीन

सेभ दी चिल्ड्रेनका २ कर्मचारी सम्पर्कबिहीन

प्रकाशित मिति:

बेलायती मानवीय सहायता संस्था सेभ दी चिल्ड्रेनले आफ्ना दुई कर्मचारी सम्पर्कबिहीन भएको बताएको छ । म्यानमार सेनाले शनिबार गरेको आक्रमणपछि आफ्ना दुई कर्मचारी सम्पर्कबिही भएको सेभ दी चिल्ड्रेनले बताएको हो ।

म्यानमारको कायाह राज्यस्थित प्रुसो राजमार्गमा ट्रक र कार जलेर खरानी बनेको अवस्थामा फेला परेको थियो । सो सवारी साधनभित्र कम्तीमा ३० मानिसको शव जलेको अवस्थामा फेला परेको समाचार शनिबार बाहिरिएको थियो ।

स्थानीय मिडिया र मानवअधिकारकर्मी समूहले ३० मानिसलाई ज्युँदै जलाउने गरी सो आगजनी म्यानमार सेनाले गरेको आरोप लगाएका थिए । सो घटनापछि सेभ दि चिल्ड्रेनले सो क्षेत्रको मो सो गाउँमा मानवीय सहायतामा काम गरिरहेका आफ्ना दुई कर्मचारी बेपत्ता भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

‘हाम्रा कर्मचारीले प्रयोग गरेको निजी गाडिमाथि आगजनी र आक्रमण भएको हामीले पुष्टि गरिसक्यौं,ु विज्ञप्तिमा भनिएको छ, ‘सो घटनापछि हाम्रा दुई कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । यतिबेला हामी निकै चिन्तित बनेका छौं।’

सम्बन्धित् समाचार