गृहपृष्ठ Featured सैनामैनामा विद्यालय तोडफोड गरि नगद ५० हजार चोरी

सैनामैनामा विद्यालय तोडफोड गरि नगद ५० हजार चोरी

सैनामैना : रुपन्देहीको सैनामैना–३ स्थित जनज्योति आधारभुत विद्यालयमा चोरी भएको छ । शनिबार विद्यालय तोडफोड गरि नगद ५० हजार चोरी गरेको विद्यालयका प्राधानाध्यापक बुद्ध प्रसाद गौतमले बताउनु भयो । विद्यालयको प्रशासनमा रहेको दराजमा राखिएको पैसा चोरी भएको र ल्यापटप समेत फुटाइएको विद्यालयका प्राधानाध्यापक गौतमले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो ४ बजे विद्यालय बन्द गरेपछि आइतबार विहान १० बजे विद्यालयका शिक्षक स्कुल पुग्दा सो घटना थाहा पाएको बताईएको छ ।विद्यालयले चोरीको सम्बन्धमा इलाका प्रहरी कार्यालय रन्यौरामा जानकारी गराएको छ । घटनाको सत्यतथ्य छानबिन गरि चोरलाई कानुनी उपचार गर्न प्रहरीलाई आग्रह गरिएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामीछानेले बताउनु भयो ।

सम्बन्धित् समाचार