गृहपृष्ठ Featured बाणगंगामा स्थानीय पाठ्यक्रमको प्रभावकारीताका लागि अभिमुखिकरण

बाणगंगामा स्थानीय पाठ्यक्रमको प्रभावकारीताका लागि अभिमुखिकरण

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित युवा शिक्षा तथा खेलकुद विकास शाखाको आयोजनामा सोमबार कपिलवस्तु र बौद्ध शिक्षा अध्यापनरत विषय शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिका स्थित ठाकुरापुरमा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका पाठ्यक्रम लागु भएका सबै विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कपिलवस्तु जिल्लाका विभिन्न धर्मिक, पर्यटकीय, प्राकृतिक तथा विभिन्न किसिमले महत्व बोकेका स्थानहरुको पहिचान र ऐतिहासिकता झल्किने गरी गत वर्ष देखि स्थानीय पाठ्यक्रमको रुपमा नगरपालिकाले जारी गरेको कपिलवस्तु र बौद्ध शिक्षा हाल आधारभूत तहका कक्षा ६,७ र ८ मा लागु छ । कपिलवस्तु र बुद्ध शिक्षा सँग सम्बन्धित विषयहरुको विद्यार्थीहरुलाई जानकरी गराई जिल्लाको विकासमा समेत थप टेवा पुग्ने उद्धेश्यका साथ बनाइएको सो पाठ्यक्रम प्रबोधिकरणका लागि विषय शिक्षकहरुलाई अभिमुखिकरण गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईले बताउनुभयो । स्थानीय पाठ्यक्रमको रुपमा कपिलवस्तु र बौद्ध शिक्षालाई अत्यन्त विशिष्टीकृत ढङ्गले विषय विज्ञहरुको टोलीले निर्माण गरेका कारण विद्यालय उमेरका बालवालिहरुलाई आफ्नो जिल्ला र जिल्ला भित्रका महत्व बोकेका स्थान तथा वस्तुहरुको राम्रो ज्ञान दिने भएकाले यसको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिइएको भट्टराईले बताउनुभयो ।

कार्यक्रममा पाठ्यक्रम समितिका संयोजक डम्बर शर्माको अध्यक्षता सहित नगरपालिकाका उप मेयर चक्रपाणी अर्यालको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा उप मेयर अर्यालले बाणगंगा नगरपालिका शिक्षाका सावालमा अत्यन्त गम्भिर रहेको भन्दै नगरको शिक्षालाई उत्कृष्ट बनाउन आफ्नै पाठ्यक्रम लागु गरीएको बताउनुभयो । उहाँले कपिलवस्तुका ऐतिहासिक महत्वका क्षेत्र र नगर भित्रैका पहिचान बोकेका स्थलहरुलाई विद्यालय शिक्षामा जोडिएका कारण अब आउँदो पुस्ताले समेत बाणगंगा नगरपालिका भित्रका महत्व बोकेका स्थानहरुलाई देशव्यापि चिनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईले कार्यक्रमको परिचय तथा उद्धेश्य र त्यसको महत्वका विषयमा सहभागि शिक्षकहरुलाई जानकारी प्रदान गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उप प्रध्यापक गुणाखर गैरे, स्थानीय पाठ्यक्रम समितिका सदस्यहरु पोमनारायण पौडेल, चर्तुभूज पाण्डे सहित पाठ्यक्रमका लेखकहरु, पत्रकार लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन जनता माविका शिक्षक कविराज भण्डारीले गर्नुभएको थियो ।

 

सम्बन्धित् समाचार